Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा पहिरो, ४१ अंकले घट्यो बजार, आगामी कारोबारबाट बजार सुधार हुने दावी

विहीबार, ०२ मंसिर २०७३, २० : ३३ मा प्रकाशित

सेयर बजारमा पहिरो, ४१ अंकले घट्यो बजार, आगामी कारोबारबाट बजार सुधार हुने दावी

अर्थ संसार
काठमाडौ–केही दिनदेखि लगातार घटिरहेको सेयर बजारमा बिहिबार पहिरो गएको छ । साताको अन्तिम दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ४०.८२ अंकले घटेको हो ।

यस दिन कारोबार रकम भने निकै बढेको छ । एक सय ३५ कम्पनीका सेयर खरिद बिक्रीबाट १ अर्ब ५० करोड मूल्य बराबरको कारोबार भएको छ । यो दशैंतिहारपछिकै उच्च रकम हो ।
यस दिन बैंक, बिमा, बिकास बैंक, वित्तीय, हाइड्रो, होटल र अन्यसमेत सबै सूचक रात्तै भएका छन् । 
भित्री सूचना पाएर निकै अकासिएको एभरेष्ट बैंकको सेयर मूल्य ७० प्रतिशत बोनस र ३३.३३ प्रतिशत हकप्रदको घोषणा भएपछिको पहिलो कारोबारका दिन १६६ रुपैयाँले घटेको छ । कारोबार रकममा भने एभरेस्ट बैंक अगाडि रह्यो । यस दिन  कम्पनीको १ हजार २ सय ९४ वटा कारोबार भए । त्यसबाट एभरेस्टको ५१ करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ । ।
यस्तै उच्च दरमा बोनस र हकप्रद सेयर घोषणा गर्ने नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्यसमेत उच्च दरले घटेको छ । यस दिन नेशनलको  सेयर १ सय ४५ रुपैयाँले घटेको छ । ।
इन्साइडर इन्फर्मेसन पाएर एभरेस्ट बैंक र नेशनल लाइफको सेयर किन्नेहरुले होल्ड नगर्दा सेयर बजार उच्च दरले घटेको सेयर दलालहरुको भनाइ छ । ‘उच्च मूल्य तिरेर सेयर किन्नेहरु अडिन सकेनन,’ कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीका प्रबन्ध निर्देशक भरत रानाभाटले भने,‘यस्तो क्रम अब रहँदैन । आगामी कारोबारबाट नेप्से बढ्छ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको