Like us!
Follow us!
Connect us!
Watch us!

सिमानाकाबाट सय रुपैयाँ माथिका वस्तु कर लगाउने निर्णय संशोधन गर्न आग्रह

अर्थ संसार

बुधबार, १० साउन २०८०, १३ : २६ मा प्रकाशित

सिमानाकाबाट सय रुपैयाँ माथिका वस्तु कर लगाउने निर्णय संशोधन गर्न आग्रह

राष्ट्रिय एकता अभियानले नेपाल–भारत सिमानाकाबाट एक सय रुपैयाँ भन्दा माथिका वस्तु ल्याउँदा आयात कर लगाउने निर्णय संशोधन गर्न सरकारसँग आग्रह गरेको छ । अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा एक टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सिमानाकाबाट एक सय रुपैयाँ माथिका वस्तु ल्याउँदा आयात कर लगाउने निर्णय संशोधन गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।

सरकारको यस्तो निर्णयले वाणिज्य क्षेत्र, उपभोक्ता हित र द्विपक्षिय सम्बन्ध लगायत विभिन्न क्षेत्रहरूमा अनपेक्षित प्रतिकूल परिणामहरू ल्याउन सक्ने ठहर अभियानले गरेको छ । अर्थमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘खुला सिमाना तथा रोटी बेटीको परम्परागत सम्बन्धले भारतसंग हाम्रो अन्योन्याश्रित सम्बन्ध छ । पूर्वदेखि पश्चिमको तराईका उपभोक्ताहरु दैनिक उपभोग्य वस्तुहरु भारतीय बजारबाट प्राप्त गर्छन् । एक रुपैयाँ माथिका दैनिक उपभोग्य सामानहरूमा आयात कर लगाइएकोले तराईका लाखौं विपन्न परिवार भोकमरीको शिकार हुन सक्छन् । लाखौं युवाहरु बेरोजगार हुन सक्छन् । सिमा क्षेत्रको अवैतनिक सुरक्षामा योगदान पुर्याउने लाखौं तराइयनको जीवन नकारात्मक ढंगले प्रभावित हुन सक्छ।’ज्ञापन पत्रमा थप भनिएको छ, ‘आम जनताको क्रय शक्तिलाई असर गर्न सक्छ। विशेष गरी सीमित वित्तीय स्रोतहरू भएका नागरिकहरूमाथी झन बढी असर पर्न सक्छ। उपभोक्तामाथिको यो बोझले जनतामा असन्तुष्टि र आक्रोश निम्त्याउन सक्छ। किसानहरु खेतिको लागि नेपालमा समय९समयमा रसायनिक मलको अभाव झेलनु र भारतबाट आफ्नो खेति गर्नको लागि रसायनिक मल भारतबाट ल्याउन दिएन भन्ने अन्न उत्पादनमा कमि को साथै गरिबी झन बढन जान्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको