Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासनका लागि तेह्रथुम पावर कम्पनीले तोक्यो बिक्री प्रबन्धक

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, १२ : ४६ मा प्रकाशित

हकप्रद निष्कासनका लागि तेह्रथुम पावर कम्पनीले तोक्यो बिक्री प्रबन्धक

तेह्रथुम पावर कम्पनी लिमिटेडले भविष्यमा जारी गर्ने हकप्रद सेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक मोहन कुमार डाँगी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी बीच हस्ताक्षर सम्पन्न भएको हो ।

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडबीच कम्पनीको संचालक समितिको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई १ः१ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । 

तेह्रथुम पावर कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ अन्तर्गत बि.सं. २०६६ स्थापना भई बि.सं २०७५ असारमा प्राईभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनी भएको हो । ७.५ मेगावाट विद्युत उत्पादन क्षमताको यस कम्पनीको विद्युत खरिद सम्बन्धि सम्झौता २०७३ साल कार्तिक महिनामा नेपाल विद्युत प्राधिकरणसंग भएको थियो । 

आज भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले तेह्रथुम पावर कम्पनी लिमिटेड सर्वसाधारणमा हकप्रथ सेयर निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको