Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्री आम्दानी बढ्दा तेह्रथुम पावरको नाफा ७२.८२ प्रतिशतले बढ्यो,कति छ प्रतिसेयर आम्दानी ?

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, १२ : ४० मा प्रकाशित

विद्युत बिक्री आम्दानी बढ्दा तेह्रथुम पावरको नाफा ७२.८२ प्रतिशतले बढ्यो,कति छ प्रतिसेयर आम्दानी ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी बढ्दा कम्पनीको नाफामा पनि वृद्धि भएको छ ।

७२.८२ प्रतिशतले बढ्यो नाफा

सार्वजनिक विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ करोड ६० लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७२.८२ प्रतिशतले धेरै हो । गत वर्ष यसले २ करोड ६६ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

विद्युत बिक्री आम्दानी बढ्दा घट्यो वित्तीय खर्च 

विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा कम्पनीको नाफामा वृद्धि देखिएको हो । असोजसम्म कम्पनीले ८ करोड २७ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । गत वर्ष ७ करोड रुपैयाँ थियो । यसको वित्तीय खर्च पनि २ करोड ७३ लाखबाट घटेर २ करोड १२ लाख रुपैयाँमा झरेको छ । 

प्रतिसेयर आम्दानीमा पनि बढ्यो

असोजसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी पनि १९ रुपैयाँ ४ पैसाले बढेर ४६ रुपैयाँ ०३ देखिएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६३ पैसा रहेको थियो । 

प्रतिसेयर नेटवर्थ 

कम्पनीको प्रतिसेयर नेटवर्थ भने ६७.३९ रुपैयाँ छ । 

चुक्ता पुँजी/रिजर्भ

हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । रिजर्भकोष १३ करोड रुपैयाँले ऋणात्मक छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको