Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तले ३ लाख कित्ता साधारण सेयर निस्कासन गर्ने

शुक्रबार, ०३ मंसिर २०७३, ०८ : ०० मा प्रकाशित

सामुदायिक लघुवित्तले ३ लाख कित्ता साधारण सेयर निस्कासन गर्ने

अर्थ संसार
काठमाडौँ–सामादायिक लघुवित्त वित्तिय संस्थाले सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने तयारी गरेको छ । संस्थाले तीन लाख कित्ता सेयर निस्कासन गर्न एनएमवि क्यापिटलसँग सम्झौता गरेको छ । 
 
काभ्रेको साँगामा प्रधान कार्यालय रहेको कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका ३ करोड रुपैयाँ बराबरको आइपिओ निस्कासन गर्न लागेको हो । 
 कम्पनीले बिहिबार सेयर निस्कासनका लागि एनएमबी क्यापिटललाई निस्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत स्वयम्भुराम जोशी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे। 
२०७० साल चैतमा सञ्चालनमा आएको कम्पनीका ३२ वटा शाखा छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको