Like us!
Follow us!
Connect us!
Watch us!

संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै जाने ‘बाफिया’ ऐन कार्यान्वयन गरिनुपर्छः सीबीफीन

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १४ : ३७ मा प्रकाशित

संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै जाने ‘बाफिया’ ऐन कार्यान्वयन गरिनुपर्छः सीबीफीन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई कार्यान्वयन गरिनुपर्ने माग गरेको छ । मौद्रिक नीति सर्वजनिक भएपछि आज (आइतबार) विज्ञप्ति जारी गर्दै सीबीफीनले बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई कार्यान्वयन गरिनुपर्ने माग गरेको हो । यस्तो गरे पूँजी निर्माण र परिचालनमा मात्र होइन, बैंकर्स र व्यवसायी छुट्टाउने नीतिलाई समेत सहयोग पुग्ने सीबीफीनको विश्वास छ ।

सीबीफीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘संस्थापक सेयरलाई क्रमिकरुपमा सर्वसाधारण शेयरमा रुपान्तरण गर्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई कार्यान्वयन गरिनुपर्दछ । यसले पूँजी निर्माण र परिचालनमा मात्र होइन, बैंकर्स र व्यवसायी छुट्टाउने नीतिलाई समेत सहयोग पुग्दछ ।’

साथै, सीबीफीनले ३ महिने जस्तो छोटो अवधिको निक्षेपलाई समेत मुद्दतिमा गणना गर्न पाउने व्यवस्थाले बचत निक्षेप समेत मुद्दतिमा रुपान्तरण भइरहेको र सो कारणले बैंक तथा वित्तीय संस्थाहरुको Cost of Fund बढिरहेको बताएको छ । धेरै छोटा अवधिका मुद्दति निक्षेपको व्यवस्थाले दीर्घकालिन कर्जा विस्तारमा समेत अवरोध सृजना गरिरहेको हुँदा यस्तो व्यवस्थालाई हटाउनु पर्नेमा सीबीफीनको जोड छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको