Like us!
Follow us!
Connect us!
Watch us!

अब डिम्याट नविकरण नगरी आईपीओ भर्न नपाइने

अर्थ संसार

बुधबार, १७ साउन २०८०, ११ : ४१ मा प्रकाशित

अब डिम्याट नविकरण नगरी आईपीओ भर्न नपाइने

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट नविकरणमा कडाई गर्ने भएको छ । यसअघि दोश्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले मेरो सेयर मात्रै नविकरण गरेर आईपीओ भर्ने गर्दथे । अब भने सिडिएससीले डिम्याट नविकरण नगरी आईपीओ पनि भर्न नपाउने व्यवस्था गर्ने भएको छ ।

सिडिएससीले भदौ १५ गतेदेखि लागू हुने गरी डिम्याट नविकरण नगर्ने लगानीकर्ताहरूको मरो सेयर समेत रोक्का राख्ने चेतावनी दिएको छ । 

लगानीकर्ताले आफ्नो हितग्राही खाता (Demat Account) को वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (DP) लाई बुझाउनुपर्ने व्यवस्था रहेको छ । सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने भएकाले यस्ता लगानीकर्ताले सेयर बिक्री गर्दा खाता रोक्का भएका कारणले e-DIS हुन नसकी क्लोज आउट पर्ने गरेको देखिएकोले सम्पूर्ण लगानीकर्तालाई तत्काल आफ्नो हितग्राही खाता नवीकरण गराउन सिडिएससीले सूचना निकालेकाे हाे । 

नेपालमा डिम्याट खाता नविकरण गर्दा वार्षिक रूपमा १०० रूपैयाँ तिर्नुपर्छ । यस्तै, मेरो सेयर नविकरण गर्दा वार्षिक रूपमा ५० रूपैयाँ तिर्नुपर्छ ।

कसरी गर्ने डिम्याट तथा मेरो सेयर नविकरण ?

मेरो सेयरको वेबसाइट खोलेपश्चात् माथिल्लो दायाँ  कुनामा आफ्नो नाम देखिन्छ त्यहाँ क्लिक गर्ने। त्यसपछि त्यहाँ व्यक्तिगत विवरण (My Profile) देखिन्छ । सोही पृष्ठमा अकाउन्ट इन्फरमेसनमा (Account Information) डिम्याट र मेरो सेयरको म्याद देखिन्छ । त्यहाँ दिइएको मितिभन्दा अगाडि नै आफ्नो खाता नविकरण गर्नुपर्छ।

पहिला पहिला निक्षेप कार्यालय पुगेर नै नविकरण गर्नुपर्ने बाध्यता थियो । तर अब भने घरमै बसीबसी कनेक्ट आईपीएस, इ ( सेवा, खल्ती, प्रभु पे, आइएमई पे जस्ता डिजिटल माध्यमबाट भुक्तानी गरी लगानीकर्ताहरूले डिम्याट खाता तथा मेरो सेयर नविकरण गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको