Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक समिृद्धका लागि राजनीतिक स्थायित्व : वाम गठबन्धनको घोषणापत्र

शनिबार, ११ कार्तिक २०७४, १९ : ४१ मा प्रकाशित

आर्थिक समिृद्धका लागि राजनीतिक स्थायित्व : वाम गठबन्धनको घोषणापत्र

रमेश लम्साल
अर्थ संसार, काठमाडौं– ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि,  कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि ’ भन्ने मूल नाराका साथ नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेको छ ।

घोषणापत्रलाई दोस्रो चरणको उम्मेदवारी दर्ता पछि सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिदै दुवै पार्टीले देशको आर्थिक समृद्धिको नेतृत्व लिने र नेपालको संविधानले व्यवस्था गरेको समाजवादको कार्यान्वयनका लागि दिशानिर्देश गर्ने समेत उल्लेख गरेका छन् ।

आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलविद्युत्, जडिबुटी तथा जनशक्तिको उचित व्यवस्थापन गर्ने लक्ष्य राखेको वामगठबन्धनले आफूहरु नै लोकतन्त्रको असली पहरेदार र हिमायती भएको घोषणापत्रमा समेटेको छ ।

केही दलले आफूहरु मात्रै लोकतन्त्रको पहरेदार भएको र वाम गठबन्धन प्रजातन्त्र विरुद्ध रहेको भन्दै गरिरहेको प्रचार समेत आफ्नो कमजोरी लुकाउने र नेपाली जनताको परिवर्तन प्रतिको चाहनालाई अगाडि बढ्न नदिने मानसिकताले आएको अफवाहको रुपमा  चित्रण गरेको  छ ।

दुई पार्टीले लोकतन्त्रको नेपाली मोडल र प्रयोग ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली’ र ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्र’लाई सफल पार्न र विकास गर्ने लक्ष्य लिएको छ ।

तीव्र आर्थिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माण गर्न, जीवन फेर्ने जनताको आशा एवं आकांक्षा पूरा गर्न र समाजवादको आधार तयार पार्ने, यस अघिका वामपन्थी सरकारहरूले सामाजिक सुरक्षा र आर्थिक विकासको क्षेत्रमा उल्लेखनीय काम गरेको तथ्य नेपाली जनताको अगाडि रहेको भन्दै ती कार्यक्रमलाई थप प्रभावकारी बनाउने छ ।

‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम, वृद्धभत्ता वितरणदेखिको सामाजिक सुरक्षाको पहल, विद्युत्भार कटौतीको अन्त्यको दिशामा निर्णायक पहल र ‘नेपालको पानी जनताको लगानी’ जस्ता ऊर्जा क्षेत्र सुधारका ठोस कार्ययोजनालाई पनि प्रमुख रुपमा घोषणापत्रमा समावेश गरिएको छ ।

यस्तै अघोषित नाकाबन्दीविरुद्ध राष्ट्रिय एकताको नेतृत्व गर्दै वैकल्पिक निकासको पहल, चीनसँग पारवहनलगायत ऐतिहासिक सम्झौता, अहिलेसम्मकै उच्च आर्थिक वृद्धि वामपन्थी नेतृत्वको सरकारले गरेको केही नमुना योग्य काम भन्दै वामपन्थी गठबन्धनले आफूहरुको  नेतृत्वमा नै विकास र समृद्धिले फड्को मार्न सक्छ भन्ने स्पष्ट संकेत गरेको घोषणापत्रमा समावेश छ ।

 शान्तिप्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्ने,  द्वन्द्वपीडितलाई न्याय दिन र दिगो शान्ति स्थापना गर्ने लक्ष्य  राखेको वाम गठबन्धनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान एवं हितको रक्षालाई सर्वोपरी स्थानमा राख्ने उल्लेख गरेको छ ।

नेपालको संविधानले स्पष्ट रूपमा निर्देशित गरेअनुरुप राष्ट्रिय स्वाधीनता एवं हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने,  संयुक्त राष्ट्र सङ्घको वडापत्र, पञ्चशीलको सिद्धान्त, पारस्परिक सम्मान, समानता एवम् लाभ र राष्ट्रिय हितका आधारमा छिमेकीलगायत सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने घोषणापत्रमा समावेश छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राष्ट्रिय आवश्यकताअनुसार राष्ट्रिय सुरक्षा नीतिलाई राष्ट्रिय सहमतिका आधारमा ठोस गरेर कार्यान्वयन गर्ने , मजदुर, किसान र श्रमजीवी वर्गको हितमा समर्पित हुने, स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान दिने विषय घोषणापत्रमा समेटिएको छ ।

नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले उम्मेदवारी छनौटको प्रक्रिया सँग सँगै घोषणापत्र तयारीको काम समेत सम्पन्न भएको बताउनुभयो ।

‘ आगामी मंसिर २१ गतेका लागि तय भएको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने मिति यही कात्तिक १६ गतेका लागि तय भएकाले यस अवधिमा उम्मेदवार छनौट प्राथमिकतामा परेको जस्तो देखिएपनि घोषणापत्र लेखन पनि सँगै सँगै अगाडि बढेको छ ’ उहाँले भन्नुभयो ।

नेकपा(एमाले)का केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आर्थिक समृद्धिको आधार तयार पार्ने रणनीतिका साथ घोषणापत्र तयार गरिएको जानकारी दिनुभयो । उहाँले कात्तिक १६ गतेको उम्मेदवारी दर्ता पछि दुई दलको संयुक्त घोषणापत्र सार्वजनिक गर्ने बताउनुभयो ।  रासस

यो पनि पढ्नुहोस्

हेर्नुहोस्, फोटोमा धादिङको बस दुर्घटना, ३१ जनाको मृत्यु ( नामलिष्टसहित)

(अपडेट) धादिङको त्रिशुली नदिमा बस खस्दा ३१ जनाको मृत्यु (नाम लिष्टसहित)

हेर्नुहोस्, यसरी जित्दै छ देशैभर वाम गठबन्धनले 

बजारमा ६ अर्बको सेयर आउँदै, कुनको कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको