Like us!
Follow us!
Connect us!
Watch us!

फेदीखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

अर्थ संसार

विहीबार, २७ कार्तिक २०८२, १६ : ३० मा प्रकाशित

फेदीखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले कुल १७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको  हो ।

उक्त साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको अधिकृत र जारी पूँजी ८० करोड रुपैयाँ रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख रुपैयाँ बराबरका प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले—जारी गरिनेछ। 

सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोषहरू,कम्पनीका कर्मचारीहरू तथा सर्वसाधारण लगानीकर्तामा तोकिएको अनुपातमा वितरण गरिने कम्पनीले जनाएको छ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा फेदीखोला हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले कार्तिक २६ गते हस्ताक्षर गरेका थिए।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माणाधीन ४.३ मेगावाट क्षमताको फेदी (थुमलुङ्ग) जलविद्युत आयोजना करिब ९४ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ। हालसम्म आयोजनाको करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र यसलाई २०८२ माघ भित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। प्रबन्ध सञ्चालक दुलालका अनुसार नियामक निकायका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी सकेपछि सकेसम्म चाँडो आईपीओ निष्कासनको प्रक्रिया अघि बढाइनेछ। उनका अनुसार आयोजना योजनाबद्ध रूपमा र तीव्र गतिमा अगाडि बढिरहेको छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको