Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तको वित्तीय चीरफार : नाफासँगै घट्यो ईपीएस

अर्थ संसार

विहीबार, १८ साउन २०८०, १३ : ५२ मा प्रकाशित

गणपति लघुवित्तको वित्तीय चीरफार : नाफासँगै घट्यो ईपीएस

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाकाे खुद नाफा ७० लाख २८ हजार रुपैयाँमा सिमित भएको छ । यो नाफा रकम अघिल्लाे वर्षको सोही अवधिको तुलनामा ६७.८४ प्रतिशतले थाेरै हाे । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाले २ करोड १८ लाख ५३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि १४.७१ प्रतिशतले घटेर ११ करोड ५१ लाख ७ हजार रूपैयाँमा सिमित भएकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १३ करोड ४९ लाख ५२ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

चाैथाे त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५६.८३ प्रतिशतले घटेर ९८ लाख ८८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लाे वर्ष संस्थाले २ कराेड २९ लाख ५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

चुक्ता पुँजी

संस्थाको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

जगेडा कोषमा ३ करोड ५९ लाख ४१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ २४ पैसाले घटेर ६ रुपैयाँ १८ पैसामा सिमित भएकाे छ ।

प्रतिसेयर नेटवर्थ

संस्थाकाे प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २४ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको