Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तको साधारण सभा सम्पन्न : २० प्रतिशत लाभांश पारित

अर्थ संसार

आइतबार, १८ पुस २०७८, १३ : ४५ मा प्रकाशित

गणपति लघुवित्तको साधारण सभा सम्पन्न : २० प्रतिशत लाभांश पारित

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा हिजाे (पौष १७ गते, शनिबार) ह्वाइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा सम्पन्न भएकाे हाे ।

संस्थाकाे सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका उक्त साधारण सभाले चुक्ता पुँजीको १९ प्रतिशतले हुने बोनस सेयर तथा कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने लगायतका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतले पारीत गरेको छ ।

साथै सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा अर्चना प्रधान, शिल्पा प्रधनाङ्ग र निरजा शर्मा सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको