Like us!
Follow us!
Connect us!
Watch us!

१५४ प्रतिशतले बढ्यो गणपति लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २७ कार्तिक २०७९, ०७ : ५६ मा प्रकाशित

१५४ प्रतिशतले बढ्यो गणपति लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा बृद्धि आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १५४.६६ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले २७ लाख ६ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १५४.६६ प्रतिशतले बढेर ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३८ लाख ६६ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने १.६२ प्रतिशतले घटेर ३ करोड ५६ लाख ३४ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ र जगेडा कोषमा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २.७६ रुपैयाँले बढेर ४.५५ रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको