Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तकाे साधारण सभा आज : २० प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

शनिबार, १७ पुस २०७८, ०९ : ०९ मा प्रकाशित

गणपति लघुवित्तकाे साधारण सभा आज : २० प्रतिशत लाभांश पारित हुँदै

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा आज (पाैष १७ गते, शनिबार) हुँदैछ । संस्थाकाे मंसिर २० गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे पाँचाै वार्षिक साधारण सभा पाैष १७ गते शनिबार, ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी -४, दुलेगाैँडा, तनहुँमा बिहान ११ बजेबाट हुनेछ ।

सभामा संस्थाकाे कार्तिक १० गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष ७ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पाैष ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको