Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तको १९ प्रतिशत बोनस हितग्राही खातामा जम्मा, तपाईंको खातामा आयो ?

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, ०९ : ५३ मा प्रकाशित

गणपति लघुवित्तको १९ प्रतिशत बोनस हितग्राही खातामा जम्मा, तपाईंको खातामा आयो ?

गणपति लघुवित्त वित्तिय संस्थाले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीको पुस १७ गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाले पारित गरेको १९ प्रतिशत बोनस सेयर बुकक्लोज हुँदासम्म अर्थात् पुस ६ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि आग्रह गरेको छ । त्यस्तै, सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बोनस वितरण गरिनेछ ।

कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनी​ले प्रकाशन गरेको सूचना यस प्रकारको छ 

62394c3495f31.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको