Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल मर्चेण्ट बैंकर संघको अभिमुखिकरण कार्यक्रम सम्पन्न

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, ११ : ३२ मा प्रकाशित

नेपाल मर्चेण्ट बैंकर संघको अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपाल मर्चेण्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्ड सँगको सहकार्यमा ए एमएल/सिएफटी र गो ए एम एल एप्लिकेसन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विहिवार होटल एम्वेस्डरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतङकबादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना अनुसार धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्ण रुपमा लागू गराउन सूचक संस्थाहरुले  गो ए एम एल (प्रोडक्सन इनभाइरोन्मेन्ट) मा यथाशीघ्र आवद्ध हुनुपर्ने प्रावधान बमोजिम सो सम्बन्धमा नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डका बिज्ञहरुबाट जानकारीमूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो ।
 
कार्यक्रममा नेपाल धितोपत्र बोर्डमा दर्ता भई संचालनमा रहेका सबै मर्चेण्ट बैंकरहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नियामक निकायबाट उपस्थित भएका पदाधिकारीहरु तथा उपस्थित सम्पूण सहभागिहरुलाई नेपाल मर्चेण्ट बैंकर्स संघ को तर्फबाट अध्यक्ष बिजय लाल श्रेष्ठबाट धन्यबाद ज्ञापन गरे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको