Like us!
Follow us!
Connect us!
Watch us!
मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि.पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान

नेपाल मर्चेन्ट बैंकर्स संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १७ : २८ मा प्रकाशित

नेपाल मर्चेन्ट बैंकर्स संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल मर्चेन्ट बैंकर्स संघले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकहरुलाई डि.पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु तथा सो समस्याहरुको सम्भावित समाधान सम्बन्धी फागुन २६ गते काठमाडौं स्थित नेपाल हाउस रेष्टुरेन्ट, हात्तिसारमा सबै डि.पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुको सहभागितामा एक अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।

डि.पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले नियमनकारी निकायबाट तोकिएका निती नियम, कार्यविधी तथा समयसमयमा जारी हुने निर्देशन बमोजिम नियमनकारी निकायले दिएको प्रणाली प्रयोग गरी आफ्नो ग्राहकअरुलाई सेवा प्रदान गर्दै आएको छ र दैनिक जसो मर्चेन्ट बैंकर तथा सिडिएस बीच सम्नव्य भई कार्य हुने गर्दछ । सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुले प्रदान गर्ने सेवाहरु एकै किसिमको हुने भएको हुनाले दैनिक कार्यसञ्चालनमा, सबै डि.पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुले एकै किसिमका प्राविधिक तथा व्यवहारिक समस्याहरु व्यहोर्नुपर्ने हुन्छ र नियमितजसो सिडिएससंग अलग अलग रुपमा सम्पर्कमा रहने गरिन्छ ।

यसै सन्दर्भमा यस अन्तरक्रिया कार्यक्रम मार्फत् डि.पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदान गर्दा आईपर्ने प्राविधिक तथा व्यवहारिक कठिनाईहरुमा केन्द्रित भई सामूहिक रुपमा अन्तरक्रिया गरी केकसरी सो सम्स्याहरुको समाधान गर्न सकिन्छ र सबैले आफ्नो ग्राहकहरुलाई छिटोछरितो रुपमा गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरियो ।

सो कार्यक्रममा २५ डि.पि तथा सेयर रेजिष्ट्रार सेवा प्रदायक संस्थाहरुबाट ४६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । साथै सो कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त स्रोत व्यक्तिको रुपमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्पmबाट सूचना प्रविधि विभागका विभागिय प्रमुख तथा सहायक प्रबन्धक आदरणीय सुरेश न्यौपाने र कार्य संचालन विभाग तथा गुनासो व्यवस्थापन विभागमा अधिकृतको रुपमा कार्यरत आदरणीय देव राज रिजालको उपस्थीती रहेको थियो भने नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष तथा सनराईज क्यापीटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठद्वारा धन्यवाद ज्ञापन तथा स्रोत व्यक्तिका रुपमा पाल्नु भएका अतिथी महानुभावहरुलाई प्रशसांको चिनो÷प्रतिक प्रदान गरी उक्त कार्यक्रमको अन्त्य गरिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको