Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणः विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

अर्थ संसार

सोमबार, २२ साउन २०८०, ११ : १० मा प्रकाशित

ललिता निवास प्रकरणः विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

हिजो (आइतबार) नै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णयकर्तासमेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो । त्यस्तै आइतबार नै पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि जग्गा प्रकरणमा छानविन गर्न अदालतले बाटो खोलेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको