Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फण्डलाई आरक्षणको आईपीओ बेच्न सधैँ हतारो : आईएमई लाइफको आईपीओ धमाधम फालिँदै

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १२ : २७ मा प्रकाशित

म्युचुअल फण्डलाई आरक्षणको आईपीओ बेच्न सधैँ हतारो : आईएमई लाइफको आईपीओ धमाधम फालिँदै

गत साता नेप्सेमा सूचिकृत भएर हिजो आइतबारबाट दोश्रो बजार आईएमई लाइफ इन्स्योरेन्सको कारोबार सुरू भए । कारोबार सुरू भएको आज दोश्रो दिन नै म्युचुअल फण्डहरूले कम्पनीको आईपीओ फाल्न हतार गरेका देखिन्छ । 

आईएमई लाइफ इन्स्योरेन्सले म्युचुअल फण्ड अर्थात् सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ छुट्याएकाे थियाे । यता सर्वसाधारणलाई निष्कासन गरेकाे आईपीओमा मागभन्दा बढी आवेदन परेपछि गाेलाप्रथाद्वारा १०-१० कित्ता बाँडफबाँड गरिएकाे थियाे । जस अनुसार यतिबेला सर्वसाधारणकाे हातमा कम्पनीकाे १० कित्ता भन्दा धेरै सेयर छैन । तर आज आईएमई लाइफकाे फ्लाेरसीट हेर्दा १५०० देखि २००० कित्तासम्म सेयर बेचिएकाे देखिन्छ । याे सेयर म्युचुअल फण्डहरूले बेचेका हुन् । 

नेपालीमा एउटा प्रसिद्ध उखान छ सर्पलाई दुध पिलाउनु अर्थात् सर्पलाई जति नै दुध पिलाए पनि त्यसले विष नै ओकल्छ । यही उखानसँग मिल्दाेजुल्दाे छ नेपालमा म्युचुअल फण्डलाई दिइने आईपीओ आरक्षण । 

नेपालमा कुनै पनि कम्पनीले सर्वसाधारणहरूका लागि साधारण सेयर आईपीओ निष्कासन गर्दा ५ प्रतिशत सामूहिक लगानी काेष अर्थात् म्युचुअल फण्डहरूलाई छुट्याउनु पर्ने प्रावधान रहेकाे छ । 

सामान्यत म्युचुअल फण्डहरुलाई बजार निर्माताका रुपमा व्याख्या गर्ने गरिन्छ । समग्र बजार र लगानीकर्ताहरु प्यानिक भएको अवस्थामा बजारलाई सम्हाल्ने भुमिका संस्थागत लगानीकर्ताहरुबाट अपेक्षा गरिएको हुन्छ । तर पछिल्लो समय म्युचुअल फण्डहरूले गरेकाे देख्दा भने म्युचुअल फण्डहरूलाई आईपीओमा कोटा दिनु भनेकाे सर्पलाई दुध पिलाउनु जस्तै भएकाे छ ।  म्युचुअल फण्डहरूले बजार सम्हाल्नुकाे सट्टा उल्टै चलखेल गरेकाे पाइन्छ । नयाँ कम्पनीहरूकाे बजारमा काराेबार सुरू भएकाे दिन नै आईपीओ बेच्न म्युचुअल फण्डहरूकाे तछाड मछाड हुन्छ । कोटामा पाएको आईपीओ पनि एक दिन त के एक घण्टा पनि टिकाउन सक्दैनन् म्युचुअल फण्डहरूले । याे कुरा हामीले पछिल्ला दिनहरूमा दाेश्राे बजारमा सूचिकृत भएका कम्पनीहरूकाे फ्लाेर सीट हेर्ने हाे भने त्यहाँबाट पनि पुष्टि हुन्छ ।

आईएमई लाइफकाे फ्लाेरसीट हेर्नुहाेस् :

64d099a863563.JPG 64d099a8672ab.JPG 64d099a88b291.JPG 64d099a8bb865.JPG 64d099a8bf7b0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको