सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ ।
सीईओको पदावधि सकिन लागेकाले बैंकको मंसिर १६ गत बसेको सञ्चालक समितिको बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्याललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओ पदमा नियुक्त गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस