Like us!
Follow us!
Connect us!
Watch us!

‘हिमालयन ८०–२०’ का इकाइहरु साउन ३२ बाट बिक्री खुला हुँदै

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १० : ५५ मा प्रकाशित

‘हिमालयन ८०–२०’ का इकाइहरु साउन ३२ बाट बिक्री खुला हुँदै

हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘हिमालयन ८०–२०’ का इकाइहरु यही महिनाको अन्तिम दिनबाट खुला हुँदैछ । ‘हिमालयन ८०–२०’ योजनाका इकाइहरु साउन ३२ गतेबाट खुला गरिने भएको हो ।

हिमालयन क्यापिटल रहेका ‘हिमालयन ८०–२०’ योजनाका कुल १ अर्ब रुपैयाँ बराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरिने कम्पनीले जनाएको छ। 

निष्कासन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्व साधरणलाई बिक्री गर्न लागेको हो।

उक्त फण्डको इकाईका लागि साउन ३२ गतेदेखि आवेदन दिन सकिनेछ। उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । हिमालयन ८०–२० बन्दमुखी योजना हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको