Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जी नेपालको वित्तीय चिरफारः नाफा र आम्दनी दुवै घट्यो

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, ११ : १६ मा प्रकाशित

माउन्टेन इनर्जी नेपालको वित्तीय चिरफारः नाफा र आम्दनी दुवै घट्यो

माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म कम्पनीले ४० करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष यही अवधिसम्म कम्पनीले ६१ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

आम्दानी

चौथो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्ता पुँजी 

कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २०.६३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३१.०५ रुपैयाँ थियो। 

प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर नेटवर्थ १६१.२८ रुपैयाँ रहेको छ।

पीई रेसियो

कम्पनीको पीई रेसियो घटेर ४८.२३ रहेको छ । अघिल्लो वर्ष भने ६२.५८ रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको