शेयरप्रो सेक्यूरिटीज प्रा. लि.नेपालको उदीयमान सेयर ब्रोकर सेवा प्रदान गर्ने कम्पनी रहेको छ । उक्त कम्पनीले आफ्ना नयाँ ग्राहकहरुलाई लक्षित गरेर आकर्षक छुटका कार्यक्रमहरु सगौरव प्रस्तुत गरेको छ ।
ग्राहकहरुको सन्तुष्टि प्रतिको आफ्नो प्रतिबद्धता अन्तर्गत ग्राहकहरुलाई लक्षीत गरी कम्पनीले आजकै मितिबाट लागु हुने गरी प्रथम ३६५ जना नयाँ ग्राहकहरुलाई डिम्याट खाता तथा मेरो सेयर सदस्यतामा शतप्रतिशत छुटको योजना सार्वजनिक गरेको छ । कम्पनीले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै सो विषयमा जानकारी दिएको हो ।
यस योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सदस्यता लिई कारोबार गर्न सक्नेछन् । धितोपत्र बजारमा रुची राख्ने जो कोहि व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।
शेयरप्रो सेक्यूरिटीज मिति २०८०।०२।०९ मा धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी मिति २०८०।०३।२८ बाट धितोपत्र दलाली (Share Brokerage) र निक्षेप सदस्य (Depository Participant) को सेवा प्रदान गर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस