Like us!
Follow us!
Connect us!
Watch us!

शेयरप्रो सेक्यूरिटीज अर्थात् ब्राेकर नम्बर ६५ द्धारा मिस्डकल सेवा सञ्चालन

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, ११ : ३३ मा प्रकाशित

शेयरप्रो सेक्यूरिटीज अर्थात् ब्राेकर नम्बर ६५ द्धारा मिस्डकल सेवा सञ्चालन

शेयरप्रो सेक्यूरिटीज अर्थात् ब्राेकर नम्बर ६५ ले मिस्डकल सेवा सञ्चालनमा ल्याएकाे छ ।

ग्राहकहरुलाई उत्कृष्ट सेवाको आफ्नो प्रतिवद्धता अनुरुप ग्राहकहरुलाई लक्षित गरी कम्पनीले MISSED CALL सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्तर्गत कम्पनीले दुई वटा मोबाइल नम्बरहरु सार्वजनिक गरेको छ । पहिलो नम्बर 9802365009 बाट Online Trading सँग सम्बन्धित जानकारी प्राप्त गर्न सकिनेछ भने अर्को नम्बर 9802365015 बाट Demat सम्बन्धि आवश्यक जानकारी प्राप्त गर्न सकिनेछ ।

यो सेवा पूर्ण रुपमा नि: शुल्क रहेको छ । कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले यो सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

शेयरप्रो सेक्यूरिटीज प्रा. लि. .(दलाल नं. ६५) नेपालको उदीयमान शेयर दलाली सेवा प्रदान गर्ने कम्पनि हो । शेयरप्रो सेक्यूरिटीज मिति २०८०।०२।०९ मा धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी मिति २०८०।०३।२८ बाट धितोपत्र दलाली (Share Brokerage) र निक्षेप सदस्य (Depository Participant) को सेवा प्रदान गर्दै आइरहेको छ । 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको