Like us!
Follow us!
Connect us!
Watch us!

जिप्रका चितवनले भन्यो– ‘मुग्लिङ्ग–नारायणगढ सडक खण्डको जाम खुलाउन रास्वपा चाहिँदैन, वाकिटकीबारे छानविन हुन्छ’

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १६ : २५ मा प्रकाशित

जिप्रका चितवनले भन्यो– ‘मुग्लिङ्ग–नारायणगढ सडक खण्डको जाम खुलाउन रास्वपा चाहिँदैन, वाकिटकीबारे छानविन हुन्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आर.ए.टी टिमले मुग्लिङ्ग–नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न वाकिटकी सञ्चार साधनसहित खटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले रास्वपालाई चेतावनी दिएको छ ।

आज (बुधबार) जिप्रका चितवनले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षका कारण मुग्लिङ्ग–नारायणगढ सडक खण्डमा भएको सडक अवरुद्ध हटाउन कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिईएको, लिन स्वीकृति नदिइएको बताएको हो ।

जिप्रका चितवनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ। 

मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो। सो क्रममा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले खटाएको आरएटी नाम दिइएको एउटा समूह परिचालन भएको थियो।

जाम खुलाउन सुन्तला रङ्गको ज्याकेटमा आरएटी लेखेर वाकीटकीसंचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। 

केही दिनअघि रास्वपाका सभापति रहेका चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि र्‍यापिड एक्सन टिम (आरएटी) निर्माण गर्ने घोषणा गरेका थिए।

रास्वपाका कार्यकर्ताले प्रयोग गरेको वाकिटकी स्वीकृति र दर्तावाल हो होइन छानविन गर्नसमेत जिप्रकाले प्रहरीलाई निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ ।-Photo Source: Social Media

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको