राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘के तपाईं हिटलर बन्दै हो?’ भनी प्रश्न गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकबाट उनले प्रधानमन्त्री ओलीलाई यस्तो प्रश्न गरेका हुन्।
खुल्ला मञ्चमा प्रधानमन्त्रीको विरोध गरेको आधारमा युवामाथि कुटपिट भएको र प्रश्न सोधिएको आधारमा दुई जना पत्रकारलाई कारवाही गरिएको विषयलाई जोड्दै उनले यस्तो प्रश्न गरेका हुन्।
उनले भने,‘के तपाईं हिटलर हो भनेर प्रश्न सोधेको आधारमा पत्रकारको पास संसदे निलम्बन गरेछ। केही समय पहिले सत्ता पक्षका एकजना सांसदले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ भनी प्रश्न गर्नुभएको थियो ? आज निलम्बनको खबर आयो। संसद निरन्तर सत्ताको छाँया बन्दै गएको छ,’ उनले भने,’ अब मेरो पनि प्रश्न प्रधानमन्त्री ज्यू के तपाईं हिटलर बन्दै हो ?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस