Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीको आत्मसम्मान गुमेको अवस्था छ : मनीष झा

अर्थ संसार

मंगलबार, ०६ फागुन २०८१, १५ : २५ मा प्रकाशित

नेपालीको आत्मसम्मान गुमेको अवस्था छ : मनीष झा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद मनीष झाले सरकारको कूटनीतिक कमजोरीले नेपाली नागरिकको आत्मसम्मान गुमेको बताएको छ ।

सांसद् झाले भारतीय दूतावासमा रहेको जनशक्तिले भारतमा रहेका नेपालीको जिम्मेवारी लिन नसक्ने अवस्था रहेको पनि बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर झाले भने, भारतमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले ज्यान गुमाइन् । यो एउटा घटना विशेषको रूपमा सीमित नभई आचरण र प्रवृत्तिमा जान चाहन्छु, हाम्रो कूटनीति कतिसम्म कमजोर भयो कि कलेजको एउटा सुरक्षा गार्डले नेपाली नागरिकलाई कुटेको छ । तेरो देशको बजेट त यो कलेजको बजेट जति पनि छैन भनेर अपमान गरेको छ । यसले नागरिकको आत्मसम्मान र सुरक्षा छैन भन्ने देखाएको छ ।’

उनले भने,विभिन्न खाले रोजगारीका लागि करिब २२ लाख नेपाली भारतमा छन् । २० हजारजति विद्यार्थी विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन् । नेपाली दूतावासमा राजनीतिक दानदक्षिणको आधारमा पुगेका १६ जना कर्मचारी छन्,एक जना कर्मचारीको भागमा एक लाख ३७ हजार नागरिकको जिम्मा पर्नेरहेछ । यो जनशक्तिले कसरी जिम्मेवारी पूरा गर्न सक्छ ?’'

कूटनीतिक रूपमा सरकार असफल भएको भन्दै सांसद झाले नेपाली कूटनीति नै पुनः परिभाषित गर्नुपर्ने बेला आएको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको