Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १६ : ४५ मा प्रकाशित

टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त

नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त भएका हुन्।

साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको हो।

यसअघि सो पदमा उत्तम कुमार खत्री थिए । उनलाई हटाएर टोक राज पाण्डेलाई सो जिम्मेवारी दिइएको हो । पाण्डे हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखसमेत रहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको