Like us!
Follow us!
Connect us!
Watch us!

‘कल गर्ल्स’को नाममा व्यक्तिलाई फसाएर पैसा असुल्ने कारोबारमा संलग्न पाँच अभियुक्त पक्राउ, यसरी गरिरहेका थिए ठगी

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १३ : २३ मा प्रकाशित

‘कल गर्ल्स’को नाममा व्यक्तिलाई फसाएर पैसा असुल्ने कारोबारमा संलग्न पाँच अभियुक्त पक्राउ, यसरी गरिरहेका थिए ठगी

भारतको राजस्थान राज्यको उदयपुर शहरस्थित् प्रताप नगर प्रहरी चौकी इलाकामा कल गर्ल्सको नाममा ठगी गर्ने पाँच जना अभियुक्तलाई प्रहरीेले पक्राउ गरि अदालतमा पेश गरेको थियो । अदालतले उनीहरुलाई म्याद थप गर्न आदेश दिएको छ ।

अभियुक्तहरूले करिब चार महिनादेखि उदयपुरमा कल गर्ल्सको नाममा फसाएर पैसा असुल्ने कारोबार गरिरहेका थिए । मानहानिको डरले पीडितहरुले उनीहरुको गुनासो समेत गरेनन् । त्यसैको फाइदा उठाउँदै यी अभियुक्तले धेरैलाई ठगी गरेका छन् । 

सोधपुछका क्रममा अभियुक्तसँग कुनै केटी नभएको खुलासा भएको छ । उनीहरूले ग्राहकलाई युवतीको फोटो मात्र पठाउने गरेको खुलासा भएको छ । ग्राहकले केटीको माग गरेमा धम्की दिने र बदनाम गर्ने गरेको समेत सोधपुछका क्रममा खुलेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । केटीको लोभ देखाइ उनीहरूले ग्राहकसँग पैसा र बहुमूल्य सामानहरू ब्ल्याकमेल गरेर लिने गरेको पाइएको छ।

प्रहरीले आरोपीको साथबाट दुईवटा कार, १० थान मोबाइल, नगद र अन्य सामान बरामद गरेको छ । आरोपीले अनलाइनमार्फत मानिसलाई आफूसँग जोड्ने गर्दथे । त्यसपछि ह्वाट्सएपमा कल गर्लको फोटो पठाउने गर्थे । 

यस विषयमा थप अनुसन्धान भइरहेको छ । यो गिरोहमा अरु धेरै सदस्यहरु संलग्न रहेको आशंका गरिएको छ । उनीहरुलाई समात्ने प्रयास भइरहेको छ । आरोपितहरुलाई प्रहरीले सोधपुछ गरिरहेको छ । चाँडै अन्य खुलासा हुन सक्ने प्रहरीले अनुमान गरेको भारतीय सञ्चारमाध्यमले लेखेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको