Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १५ : ३८ मा प्रकाशित

विद्युत प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको तेश्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारि गर्ने प्रकृया अगाडि बढाइएको बताएका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिव ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्व १८ अर्ब रुपैयाँ पुगेको उनले जनाकरी दिए । अहिले प्राधिकरणको संचित नाफा ११ अर्बबाट बढेर ३६ अर्व ६७ करोड रुपैयाँ पुगेको समेत उनले बताए ।

उनले भने, ‘प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्न गरिएको छ । साथै, प्राधिकरणको तेश्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारि गर्ने प्रकृया अगाडि बढाइएको छ ।’

संस्थाले क्रेडिट रेटिङ ICRA बाट AA+ प्राप्त गर्न सफल भएको समेत उनले बताए । उपयुक्त स्थानमा उपयुक्त व्यक्ति भन्न अवधारणाका आधारमा जिम्मेवारी दिई ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत चुहावट नियन्त्रण, विद्युत् महशुल वक्यौता असुली लगायतलाई मानक मानी कार्यसम्पादनको व्यवस्थालाई निरन्तरता दिइने विषयमा समेत उनले अवगत गराए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको