Like us!
Follow us!
Connect us!
Watch us!

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज, सफाइ पाए एसिया कप खेल्ने

अर्थ संसार

विहीबार, ३२ साउन २०८०, १० : ०३ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज, सफाइ पाए एसिया कप खेल्ने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । पेसी स्थगित नभएको खण्डमा  लामिछानेविरुद्धको मुद्दाको आजै किनारा लाग्ने सम्भावना प्रबल छ । 

पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता भएको थियो भने लामिछानेका तर्फबाट वकालत गर्ने कानुनव्यवसायीले पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी गरेका छन् ।

सन्दीपमाथि बालिका बलात्कारको अभियोग लगाएर १० देखि १२ वर्षसम्मको कैद सजाय र  क्षतिपूर्तिको माग गरिएको छ ।सर्वोच्च अदालतले यस अघि सन्दीपलाई थुनामा राखिरहनु नपर्ने भन्ने आदेश दिएको थियो।

सन्दीपले अभियोगबाट सफाइ पाएका एसिया कप खेल्न जान पाउनेछन् भने दोषी ठहर भएमा जेल जानुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको