Like us!
Follow us!
Connect us!
Watch us!

सुप्रिम डेभलपमेन्टको नाफा ३ करोड ५३ लाख

शुक्रबार, ०३ मंसिर २०७३, १५ : १४ मा प्रकाशित

सुप्रिम डेभलपमेन्टको नाफा  ३ करोड ५३ लाख

अर्थ संसार 
काठमाडौं – आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा सुप्रिम डेभलपमेन्ट बैंकले नाफा कमाउन सफल  भएको छ ।  बैंकले जारी गरेको वित्तिय विवरण अनुसार ३ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले गत आवको सोहि अवधिमा ३ करोड १८ लाख रुपैयाँ कमाएको थियो । ९ करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बै‌कको संचालन मुनाफा ५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

९३ करोड ३३ लाख ६५ हजार रुपैयाँ चुत्ता पुँजी भएको बैंकको ३८ करोड ९४ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ ।  ७ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६ अर्ब ३२ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

शुन्य दशमलव ५२ प्रतिशत खराब कर्जा रहेको छ भने प्रतिशेयर आम्दानी वार्षिक ७ दशमलव ५८ रुपैयाँ रहेको छ । जोखिम युत्त सम्पत्ति १६ दशमलव ४४ प्रतिशत रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ४१ दशमलव ७२ रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको