Like us!
Follow us!
Connect us!
Watch us!

आज नभरे गुम्नेछ सन नेपाल लाइफ इन्स्योरेन्सलको आईपीओमा आवेदन दिने अवसर

अर्थ संसार

सोमबार, ०४ भदौ २०८०, ०७ : ५० मा प्रकाशित

आज नभरे गुम्नेछ सन नेपाल लाइफ इन्स्योरेन्सलको आईपीओमा आवेदन दिने अवसर

साउन ३२ देखि आवेदन खुला रहेको सन नेपाल लाइफ इन्स्योरेन्सले निष्काशन गरेको प्रिमियम सहितको आईपीओमा सर्वसाधारणलाई आज भाद्र ४ गते बन्द हुदैँछ। यस अघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको थियो ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति बोर्डबाट पायो।जसमध्य  पहिलो चरणमा ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। बाँकी रहेको मध्य ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ।

सर्वसाधारणलाई बाँकी रहेको ७६ लाख ८० हजार कित्ता खुल्ने भएको हो। यस सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा बिक्रीलाई खुलेको हो । 

कति दिने आवेदन ?

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

कहिलेसम्म दिने आवेदन ?

 वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग रहेको छ ।

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा  ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ ?

केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको