Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाईफ इन्स्योरेन्सको छैठौं वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको उपलक्ष्यमा जेष्ठ नागरिकहरुलाई सम्मान

अर्थ संसार

आइतबार, ०७ असोज २०८०, ०७ : ५७ मा प्रकाशित

सन नेपाल लाईफ इन्स्योरेन्सको छैठौं वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको उपलक्ष्यमा जेष्ठ नागरिकहरुलाई सम्मान

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको छैठौं वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको उपलक्ष्यमा वागमति प्रदेश कार्यालय अन्तर्गत रहेका काठमाण्डौं उपत्यका भित्रका ९ वटा शाखा कार्यालयहरुले संयुक्त रुपमा काठमाण्डौं–३१, शान्तिनगर स्थित निःसहाय सदन जेष्ठ नागरिक आवास गृहमा रहनु भएका ४१ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र फलफुल प्रदान गरी सम्मान गरेका छन् ।

उक्त कार्यक्रममा कम्पनीका वागमति प्रदेश प्रमुख चुडामणि सुवेदी सहित सबै शाखाका प्रमुखहहरु, अभिकर्ता, मार्केटिङ म्यानेजरहरु तथा कर्मचारीहरुको उपस्थिति रह्यो । सो अवसरमा ९२ वर्षिय जेष्ठ नागरिक खडानन्द सापकोटाबाट केक काटी सम्पूर्ण सम्मानित जेष्ठ नागरिक तथा उपस्थित सबैले खुसीयाली मनाइयो । 

कार्यक्रममा वागमति प्रदेश प्रमुख चुडामणि सुवेदीले कम्पनीका बीमित, अभिकर्ता, कर्मचारी,  लगानीकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण सरोकारवालाहरुको मेहनत, विश्वास,  धैर्यता र शुभेच्छाका कारण कम्पनी एक नेतृत्वदायी कम्पनीको रुपमा अगाडी बढ्न सफल भएकोमा सबैप्रति हार्दिक धन्यवाद र वधाई ज्ञापन गर्दै सम्मानित जेष्ठ नागरिककहहरु प्रति सुस्वास्थ्य र दीर्घायूको कामना व्यक्त गरे । निःसहाय सदन जेष्ठ नागरिक आवास गृहका संचालिका पुनम बस्नेतले कम्पनीको सहयोग र सद्भाव प्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको