Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वसांसद ढुंगेल पक्राउ

मंगलबार, १४ कार्तिक २०७४, १३ : ३५ मा प्रकाशित

पूर्वसांसद ढुंगेल पक्राउ

अर्थ संसार, काठमाडौँ–पूर्वसांसद एवं नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुंगेललाई प्रहरीले आज पक्राउ गरेको छ ।

ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो ।

द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो ।

फैसलापछि ढुंगेल लामो समय फरार थिए । अदालतको फैसला कार्यान्वयनका क्रममा उहाँलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताउनुभयोे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको