Like us!
Follow us!
Connect us!
Watch us!

आउन छाड्यो भारतीय सुकेको प्याज, बजारमा मनपरी मुल्य

अर्थ संसार

बुधबार, ०६ भदौ २०८०, ०८ : ३० मा प्रकाशित

आउन छाड्यो भारतीय सुकेको प्याज, बजारमा मनपरी मुल्य

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिन देखि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गर्दा सुकेको प्याजलाई समावेश गरेको छैन। 

भारतबाट प्याज आउन बन्द भएको र आफुहरु भएको स्टक (मौज्दात) सकिएकोले सूचीमा प्याजको मुल्य सार्वजनिक गर्न छाडेको समितिको तर्क छ। 

भारतको वित्त मन्त्रालयले आउँदो डिसेम्बर ३१ सम्म प्याजमा ४० प्रतिशत प्याजमा भन्सार शुल्क लगाएसँगै कालिमाटी फलफूल तथा तरकारी बजारमा त्यहाँबाट प्याज आउन छाडेको बताउछ ।

नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुन्छ भने ७ करोडको सुकाएको प्याज आयात हुन्छ। भारत मै प्याजको माग बढेको कारण भारतले प्याज निर्यात बन्द गर्यो भने यता नेपालको बजार भने भारत कै प्याजमा निर्भर रहेको छ। 

समितिले अन्तिम पटक सुकेको प्याज (भारतीय)को मुल्य सोमबार मात्र प्रकाशित गरेको थियो उक्त दिन प्याजको थोक मुल्य औसत ७८ रुपैयाँ पुगेको थियो जुन आइतबारबाट २८ प्रतिशतले बढेको हो।  आइतबार प्याजको औसत मुल्य  ६१ रुपैयाँ रहेको थियो। 

यता समितिले मूल्य सार्वजनिक नगरेपछि बजारमा भने प्याजको मुल्यमा कालोबजारी सुरु भैसकेको छ। कतै सुकेको प्याजको सोमबारसम्म प्रतिकेजी खुद्रा मूल्य १०० रुपैयाँ त कतै त्यो भन्दा माथि बेचिन थालेको र  प्याजको बजारमा अभाव हुदा व्यापारीले मूल्य झनै बढाउने सम्भावना देखिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको