Like us!
Follow us!
Connect us!
Watch us!

चीनबाट आयात हुन थाल्यो प्याज

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, १७ : १२ मा प्रकाशित

चीनबाट आयात हुन थाल्यो प्याज

भारतले निर्यात प्रतिबन्ध लगाएपछि बजारमा अभाव देखिएको प्याज उत्तरी नाकाहरुबाट आयात हुन थालेको छ ।

केही दिन हाहाकार नै मच्चिएको प्याज अहिले पनि प्रति किलो दुई सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । चिनियाँ प्याज आयात हुन थालेसँगै अब प्याजको भाउ घट्दै जाने अपेक्षा गरिएको छ । केरुङबाट एक सय टन प्याज बोकेका गाडी नेपाल आउँदै गरेको व्यवसायीहरुले जनाएका छन् ।

आन्तरिक माग धान्न कठिन भएको भन्दै भारतले डिसेम्बरको दोस्रो सातादेखि सन् २०२४ को मार्चको अन्त्यसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । अभावबीच कालोबजारी मौलाउँदा आलु प्याजको कृत्रिम मूल्यवृद्धि भएको उपभोक्ताले गुनासो गर्दै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको