Like us!
Follow us!
Connect us!
Watch us!
सस्तो टिकट्सको इन-एप बुकिङका साथले नेपाल यात्रा अझ सुविधाजनक बनाउँदै छ राकुटेन भाइबर

नयाँ भाइबर च्याटबटको साथ राकुटेन भाइबर र सस्तो टिकट्सले नेपाल पर्यटनलाई पुन: परिभाषित गर्दै

अर्थ संसार

शनिबार, ०९ भदौ २०८०, १० : २२ मा प्रकाशित

नयाँ भाइबर च्याटबटको साथ राकुटेन भाइबर र सस्तो टिकट्सले नेपाल पर्यटनलाई पुन: परिभाषित गर्दै

राकुटेन भाइबरले नेपालको पर्यटन उद्योगप्रति आफ्नो प्रतिबद्धतालाई पुन: प्रमाणित गर्न अन्तरिक यात्रालाई सहयोग र सशक्तिकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकट्ससंग मिलेर एउटा सिर्जनात्मक च्याटबटको सुरुवात गरेको छ जसले नेपाली र अन्तर्राष्ट्रिय यात्रुहरूले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउने भाइबरको विश्वास छ।

भाइबरको ट्राभल एजेन्सीसँगको सहकार्यले सस्तो टिकट्स च्याटबट मार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराएको छ। यो प्लेटफर्मले लागत-प्रभावी उडान विकल्पहरू मात्र प्रदान गर्दैन, बरू अन्य धेरै आकर्षक लाभहरू पनि ल्याउँछ, जस्तै :

बम्पर अफर : 
उडान र आवासको पूर्ण सुविधा सहित दुईजनाको लागि थाइल्याण्डको यात्रा।

दुई-तर्फी आन्तरिक उडान टिकटहरू:
१५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने विशेष अफर।

पोखरा आवासमा १५% छुट :
पोखराका उत्कृष्ट होटल र रिसोर्टहरूमा बस्ने रूम स्टेमा १५५ छुटको साथ शानदार आराम।

माउन्टेन फ्लाइटहरू:
 पाँचजना थ्रिल चाहनेहरू र हरेकका एक एक साथीले चार्टर्ड उडान मार्फत् हिमाल र त्यसका सुन्दर परिदृश्यहरूको रोमान्चक अनुभूति लिन सक्छन् ।

भरपुर मनोरञ्जन :
 प्रयोगकर्ताहरूले यस नयाँ क्षितिजमा थप यात्रा(सम्बन्धि सुविधाहरूको साथ बटभित्र क्विज़ खण्ड लगायत अन्य अन्तरक्रियात्मक गतिविधिहरूमा संलग्न हुन सक्छन्।

“राकुटेन भाइबरसँगको हाम्रो नयाँ सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको छ र हामी नेपालभित्रको अन्वेषणलाई पहिलेभन्दा बढी फराकिलो, पहुँचयोग्य र रोमाञ्चक बनाउन आतुर छौं।” सस्तो टिकट्सका संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहालको भनाई छ। 

राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले थप्छन्, “हाम्रो मिशन सधैं हाम्रा प्रयोगकर्ताहरूको अनुभव बढाउनु हो र हामीले हाम्रा अघिल्ला प्रयासहरूद्वारा यसलाई प्रमाणित पनि गरेका छौं। सस्तो टिकट्स सँगको यो नयाँ साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको हाम्रो समर्पणलाई अझ सशक्त बनाउँछ।”

सस्तो टिकट्स च्याटबटको सुरुवातसँगै राकुटेन भाइबरले सबै नेपाली यात्रुहरूलाई यात्राको सुविधा र आनन्दको नयाँ युगको अनुभव गर्न आमन्त्रित गरेको छ। सस्तो टिकट्स च्याटबट अगस्ट २९, २०२३ मा लन्च गर्न तय गरिएको छ। प्रयोगकर्ताहरूले भाइबरमा सजिलै सस्तो टिकट्स सर्च गरी च्याटबट जोइन गर्न सक्नेछन।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको