Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभूमि नेपाल हाइड्रोकाे वित्तीय चिरफार : नाफा बढ्दा विद्युत् बिक्री आम्दानीमा पनि उछाल

अर्थ संसार

मंगलबार, १२ भदौ २०८०, १० : ३८ मा प्रकाशित

बुद्धभूमि नेपाल हाइड्रोकाे वित्तीय चिरफार : नाफा बढ्दा विद्युत् बिक्री आम्दानीमा पनि उछाल

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नाफा

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड ११ लाख १३ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले १ करोड ४६ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।

विद्युत बिक्री आम्दानी

कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि उछाल देखिएकाे छ । समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ४४ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३६ लाख १४ हजार रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

अन्य स्रोतबाट आम्दानी

समिक्षा अवधिसम्म कम्पनीले अन्य स्रोतबाट ८७ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अन्य स्रोतबाट ३ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

चुक्ता पूँजी

कम्पनीकाे चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेकाे छ ।

जगेडा काेष

कम्पनीकाे जगेडा कोष भने ४ करोड ९२ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ । 

ईपीएस

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ७८ पैसा रहेकाे छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ०२ पैसा रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको