Like us!
Follow us!
Connect us!
Watch us!

समाज सेवामा सैनिक श्रीमती संघको अविराम यात्रा, असोज ५ मा अर्को कार्यक्रम

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, १३ : २१ मा प्रकाशित

समाज सेवामा सैनिक श्रीमती संघको अविराम यात्रा, असोज ५ मा अर्को कार्यक्रम

सामाजिक कार्यमा अग्रणी रहेको नेपाल सैनिक श्रीमती संघले आगामी ५ असोजमा फरक क्षमता भएका बालबालिकाका निम्ति विशेष कार्यक्रमको तयारी गरेको छ। 

त्यस्ता बालबालिकाका निम्ति स्थापना गर्न लागेको दिवा विद्यालयको सहयोगार्थ विशेष कार्यक्रम गर्न लागिएको हो। 

बरदान फरक क्षमता दिवा विद्यालयको सहयोगार्थ त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डप हलमा नेपालका ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहेको सांगीतिक कार्यक्रम ‘बरदान सुर–सन्ध्या’ गरिन लागिएको हो। 

सेवा नै परम् धर्म, सेवा नै परम् तप हो भन्ने आदर्श बोकेको श्रीमती संघले प्रबन्ध लिभेन्स स्टुडियोसँग सहकार्यमा कार्यक्रम गर्न लागेको हो। कार्यक्रमको निर्देशन एलिस कार्कीले गरेका हुन्।

सैनिक श्रीमती संघले यसअघि पनि अनेक सामाजिक काम गरेको थियो। 

बलिउड कलाकार सोनाक्षी सिन्हालाई नेपालमा ल्याएर गरेको कार्यक्रमबाट संकलित रकम पनि एकीकृत बस्तीमा दिने कार्य सैनिक श्रीमती संघले गरेको थियो। 

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १४ लाख रुपैँया हस्तान्तरण गरेको थियो। धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो। यस्तै शितलहरमा न्यायो कपडा वितरण, बहिरा विद्यालयमा खाद्यान्न र कपडा वितरण, अस्पतालमा स्वास्थ्य सामग्री वितरणलगायतका विभिन्न सामाजिक काममा श्रीमती संघको सक्रियता रहँदै आएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको