Like us!
Follow us!
Connect us!
Watch us!

संकटमा सेनालाई जोडेर भ्रामक प्रचार : सेना भन्छ– "आधिकारिक स्रोतमै विश्वास गर्नुहोस्"

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १० : ०३ मा प्रकाशित

संकटमा सेनालाई जोडेर भ्रामक प्रचार : सेना भन्छ– "आधिकारिक स्रोतमै विश्वास गर्नुहोस्"

देश राजनीतिक अस्थिरता र आन्दोलनको तातो भुइँमा तातिरहेको बेला नेपाली सेनाको नाम जोडेर विभिन्न टिप्पणी, अड्कलबाजी र विश्लेषण सार्वजनिक भइरहेका छन्। सामाजिक सञ्जालदेखि केही मिडिया प्लेटफर्मसम्म ‘सेना यसो गर्छ, सेना उस्तो सोच्दैछ’ भन्ने किसिमका प्रचार–प्रसारले जनमानसमा थप भ्रम फैलाउन थालेपछि सेनाले औपचारिक रूपमा प्रतिक्रिया जनाएको छ।

शुक्रबार बिहान जङ्गी अड्डाको जनसम्पर्क निर्देशनालयमार्फत् जारी सूचना अनुसार, सेनाले आफ्नो धारणा र गतिविधि सधैं प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको स्पष्ट पारेको छ। तर पछिल्ला दिनमा सेना संलग्न गराएर बाहिर फैलाइएका ‘भ्रामक समाचार’ ले संस्थाको विश्वासनीयता कमजोर बनाउन खोजिएको भन्दै सचेत रहन आम नागरिकलाई आग्रह गरिएको छ।

नेपाल जस्तो संवेदनशील राजनीतिक संक्रमणमा रहेको मुलुकमा सेनाको भूमिकाबारे हुने हल्ला सामान्य मात्र लाग्न सक्छ, तर यसको असर गम्भीर हुन सक्छ। सानो टिप्पणीले समेत बजारदेखि जनताको मनोविज्ञानमा नकारात्मक असर पार्न सक्छ। पूँजीबजारमा देखिएको अस्थिरता, आन्दोलनतर्फको जनउत्साह, र राजनीतिक दलहरूको असमझदारीबीच सेनाको नाम जोडेर गरिएको प्रचारले राष्ट्रिय स्थायित्वमा प्रतिकूल असर पार्ने खतरा बढेको छ।

सेनाले आफ्ना गतिविधि बुझ्न वा बुझाउन चाहनेहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको छ। यसअन्तर्गत ८ वटा पृतना मुख्यालयका मोबाइल नम्बर सार्वजनिक गर्दै ‘सही सूचना यहीबाट मात्र प्राप्त गर्न सकिन्छ’ भन्ने स्पष्ट सन्देश दिएको छ।

संवेदनशील समयमा गलत प्रचार वा अपुष्ट समाचार फैलाउनु केवल अफवाह मात्र होइन, राष्ट्रिय सुरक्षासँग खेलबाड पनि हो। नागरिकले सजग भएर आधिकारिक स्रोतबाट मात्र तथ्य बुझ्ने, र मिडियाले पुष्टि बिना हतारमा समाचार सम्प्रेषण नगर्ने नै जिम्मेवार पत्रकारिताको आधार हो।

68c39f53ecc15.jpg 68c39f5640d75.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको