Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन ८०–२० को इकाईमा माग भन्दा धेरै आवेदन!

अर्थ संसार

शुक्रबार, १५ भदौ २०८०, १७ : ३१ मा प्रकाशित

हिमालयन ८०–२० को इकाईमा माग भन्दा धेरै आवेदन!

हिमालयन ८०–२० को इकाईका आवेदन बन्द भएको छ। साउन ३२ गते देखि निष्काशन तथा बिक्रीमा रहेको हिमालयन ८०–२० को इकाईमा आज  भदौ १५ गते आवेदन बन्द भएको हो। 

सिडिएससीको आंकडाका अनुसार शुक्रबार  बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको इकाईमा ४६ हजार १४१ आवेदकले ९ करोड, १४ लाख, ६१ हजार ८२० इकाई खरिदका लागि आवेदन दिएका छन्।जुन माग भन्दा धेरै आवेदन हो। यस फण्डमा क्यापिटलले ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको थियो। यसअघि सार्वजनिक निष्काशन भएका म्युचुअल फन्डले माग अनुसार नै आवेदन नपरेको अवस्थामा हिमालयन म्युचुअल फन्डको यस बन्दमुखी आयोजानामा उल्लेखिए सहभागिता गराउन सफल बनेको छ। 

 नेपाली पुंजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरि उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवद्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन गरिएको हो। 

क्यापिटलले १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ बिक्री गरेको हो । निष्कासन गरिएको कुल इकाईमध्ये १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको थियो। 

यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८०% पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २०% पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानीकर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक हिमालयन क्यापिटलले जनाएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको