Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रमाथि दबाव अझै कायम छ : प्रधानमन्त्री प्रचण्ड

लोकेन्द्र ढकाल

शुक्रबार, १५ भदौ २०८०, १७ : ५१ मा प्रकाशित

अर्थतन्त्रमाथि दबाव अझै कायम छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र माथि अझै दबाव रहेको बताएका छन् । उनले भने, म प्रधानमन्त्री हुँदा देश श्रीलंकाको अर्थतन्त्र जस्तो अवस्थामा पुग्छ कि भन्ने डर थियो, तर अहिले अर्थतन्त्र बलियो बन्दै आएको छ, यझपी अर्थतन्त्र माथिको दबाव अझै कायमै छ, सकिएको छैन ।'

समाजवादी मोर्चा नेपाल गण्डकीको संदेश सभालाई आज पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ' बैंकको ब्याजदर, लघुवित्त तथा सहकारीका समस्याहरू अझै सुध्रिन सकेको छैन, यी समस्याहरू पनि बिस्तारै समाधान गर्नतर्फ सरकार लाग्नेछ ।' उनले देशको समृद्धि र विकासका लागि गरीब अझ गरीब हुने र धनी झन धनी हुन नहुने अभियानमा आफु लागेको समेत बताएका छन्। प्रधानमन्त्री प्रचण्डले संस्थागत रुपमै देशमा भष्ट्राचार मौलाइरहेको अवस्थामा आफूले भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण तथा सुन तस्करी काण्डका फाइल खेलेर दोषीलाई नछोड्ने र निर्दोषलाई नछुने अभियान चलाएको बताए ।

प्रधानमन्त्री प्रचण्डले मिटरव्याजी बिरुद्द ऐन बनाएर, आयोग बनाएर सरकार अघि बढेको बताउँदै यसबाट वर्गिय सङ्घर्षमा केही हदसम्म सफलता मिलेको बताए । उनले आफनो आसन्न चीन भ्रमणका क्रममा पोखरा र लुम्बिनी अन्तराष्ट्रिय विमानस्थललाई चीनको विभिन्न शहरसँग जोड्ने प्रस्ताव लैजान लागेको पनि बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको