Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकले गर्यो मनकामना मन्दिरलाई सहयोग

शनिबार, ०४ मंसिर २०७३, ०९ : २४ मा प्रकाशित

एभरेष्ट बैंकले गर्यो मनकामना मन्दिरलाई सहयोग

अर्थ संसार

काठमाडौं– एभरेष्ट बैंकले मन्दिर परिसर स्वच्छ सफा राख्न मनकामना माई मन्दिरलाई सहयोग गरेको छ ।

मन्दिर परिसरमा भएको एक कार्यक्रममा पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम एस. साङ्गापुरे र  एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा मनकामना माई क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक गरिधारी सापकोटालाई आवश्यक अगरबत्ती स्ट्यान्ड र फोहर संकलन गर्ने भाँडा हस्तान्तरण गरे । 
एभरेष्ट बैंकले आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जालमार्फत  सेवा प्रदान गर्दै आइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको