Like us!
Follow us!
Connect us!
Watch us!

विकास हाईड्रोपावरको चौथो वार्षिक साधारण सभा असोज १० गते हुने

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, ०७ : ४८ मा प्रकाशित

विकास हाईड्रोपावरको चौथो वार्षिक साधारण सभा असोज १० गते हुने

विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आगामी असोज १० गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ १५ गते बसेको बैठकले सभाको मिति, स्थान र कार्यसूची तय गरेको हो। सभा काठमाडौंको नयाँबजारस्थित सासा ब्याङक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

विशेष प्रस्तावसहितको कार्यसूची

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विषय विशेष प्रस्तावमार्फत प्रस्तुत गरिनेछ। साथै नियामक निकायबाट निर्देशन आएमा सोहीअनुसार संशोधन गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने एजेन्डा समेत रहनेछ।

वित्तीय प्रतिवेदनमाथि छलफल

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन अध्यक्षद्वारा प्रस्तुत हुनेछ। आव २०८१/८२ को वित्तीय विवरण—वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखापरीक्षकको प्रतिवेदनमाथि सेयरधनीहरूले छलफल गरी अनुमोदन गर्ने छन्। साथै सञ्चालक समितिले गरेका निर्णय र संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पनि सभाबाट पारित गरिनेछ।

नयाँ सञ्चालकको निर्वाचन

कम्पनीको नियमावलीअनुसार सर्वसाधारण समूहतर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्नेछ। त्यससँगै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

बुक क्लोज मिति घोषणा

कम्पनीले सभाका प्रयोजनका लागि भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरू मात्र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको