Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा हामी पनि अच्चमा परेका छौँ : अध्यक्ष फुल्लेल

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १५ : ०७ मा प्रकाशित

बजार घट्दा हामी पनि अच्चमा परेका छौँ : अध्यक्ष फुल्लेल

सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेले अहिले सेयर बजार घटिरहेको देख्खा अच्चममा परेको बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा उनले बजारका सबै सूचक सकारात्मक हुँदा पनि बजार घट्नुले लगानीकर्ता पनि अच्चममा परेको बताएका छन् । 

लगानीकर्ताहरुले अहिले बजार अझै तल आउँछ किन भनेर पर्ख र हेरको अवस्थामा रहेको र बिक्री गर्नेहरुले पनि बिक्री गरिसकेको अवस्था रहेको उनको भनाइ छ । ‘सबै कुरा राम्रो हुँदा हुँदै पनि बजारमा भोलुम कम हुनुको कारण बारे हामीहरु पनि अच्चममा परेको अवस्था छ,’ उनले भने । उनले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि बजारमा ट्रेड गर्न दिनु पर्ने र व्यक्तिगत तर्फको २५ करोडको प्याप पनि हटाउनु पर्ने उनको भनाइ । यी दुई वटा कारणले पनि बजार घटेको हुन सक्ने उनले बताए । ‘यो कुरालाई बजारले अपेक्षा गरेको छ र आउँदो मौद्रिक नीतिको समीक्षामा त्यो आउँछ भन्ने अपेक्षा लगानीकर्ताहरुको छ,’ उनले भने । 

लगानीकर्ताहरु अझै पनि स्थिर हुन नसकेको अवस्था रहेको उनले बताए । बजार घट्बढ स्वभाविक हुने भए पनि लगातखार रुपमा घट्दा सबैमा निराशा देखिएको उनी बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको