Like us!
Follow us!
Connect us!
Watch us!

मन्जुश्री फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय आफ्नै भवनमा

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १८ : ०८ मा प्रकाशित

मन्जुश्री फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय आफ्नै भवनमा

मन्जुश्री फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय का.म.न.पा. ११, थापाथली स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । सो केन्द्रीय कार्यालय भवनको समुद्घाटन संस्थाका संचालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका हुन् । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिना ज्यूले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर अघि बढिरहेको फाईनान्सले आगामी दिनमा अझ परिस्कृत र उत्कृष्ट सेवा दिने बताए । नयाँ बानेश्वर स्थित साविकको शाखा कार्यालयलाई यथावत राख्दै हाललाई संस्थाको कर्पोरेट अफिस स्थानान्तरण भएको हो ।

हाल सम्म करिव २३.५ अर्ब निक्षेप संकलन गरि करिव १९ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाईनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आईरहेको छ । फाईनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराउदै आईरहेको छ । हाल सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाई सेवा पुर्याउदै आईरहेको मन्जुश्री फाईनान्स देशकै अग्रणी फाईनान्स कम्पनीको रुपमा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको