Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज होल्डिङ्गस् लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १८ : ०३ मा प्रकाशित

सनराइज होल्डिङ्गस् लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका २४ लाख कित्ताले हुन आउने २४ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले आईपीओ जारी गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरेका छन् । 

सनराइज होल्डिङ्गस् लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो । जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि सेयर निष्काशन गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको