Like us!
Follow us!
Connect us!
Watch us!

घट्दो पुँजी बजारमा अन्तिममा धेरै सेल आउँदा दबाब पर्यो : लगानीकर्ता रोहन कार्की

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १३ : ३७ मा प्रकाशित

घट्दो पुँजी बजारमा अन्तिममा धेरै सेल आउँदा दबाब पर्यो : लगानीकर्ता रोहन कार्की

पछिल्लो समय सेयर बजारमा अन्तिम १५ मिनेटको औषत मूल्य गणना विधिको लगानीकर्ताहरुले नै विरोध गरिरहेका छन् । यस्तो व्यवस्था ल्याउनका लागि नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेर लागू गराउन लगाएका लगानीकर्ताहरुले नै अहिले यो सिस्टमका कारण बजार घटेको भन्दै यसको विकल्प खोज्नु पर्ने बताउँदै आएका छन् । 

यो विषयमा लगानीकर्ताका विभिन्न धारणा आइरहेको अवस्थामा सेयर लगानीकर्ता रोहन कार्कीले भने यो विषयमा धितोपत्र बोर्डले अध्ययन गरिरहेको बताइरहेको भन्दै अन्तिम समयमा माग र आपूर्ती बढी हुँदा बजारमा केही असर परेको बताए अर्थसंसारसँगको कुराकानीका क्रममा कार्कीले दिनभर बिक्री नगरेकाहरु पनि अन्तिम समयमा खरिद र बिक्रीका लागि आउँदा बजारमा त्यसको असर परेको उनी बताउँछन् । 

‘घट्दो बजारमा अन्तिम सयममा बढी सेल आउँदा बजारलाई प्रेसर आएको अवस्था हो । एक खालको अन्तिम समयमा बिक्री गर्न आउने लगानीकर्ताको संख्या धेरै नै देखिन्छ । यसले व्यवहारीक रुपमा नै केही बढी माग आएको देखिन्छ । ठूला कम्पनीमा अझ धेरै यस्तो भइरहेको छ । यसले बजारमा प्रभाव पार्छ,’ उनले भने ।  

यो विषयमा लगानीकर्ताको पनि विभिन्न आवाजहरु उठिरहेका छन् । यसलाई अटाउने वा परिमार्जन गर्ने जिम्मा बोर्डको रहेको उनले बताए । ‘अहिले १५ मिनेटको औसत मूल्यांकनका विषयमा आवाज उठिरहेको छ । यो विषयमा बोर्डले अध्ययन गरिरहेको बताएको छ । यसमा बोर्डले उचित निर्णय लिन्छ होला,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको