Like us!
Follow us!
Connect us!
Watch us!

जुवाडे शैलीका कारणले सेयर बजार घटिरहेको छ : सुवास भट्टराई

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १७ : ५१ मा प्रकाशित

जुवाडे शैलीका कारणले सेयर बजार घटिरहेको छ : सुवास भट्टराई

लगानीकर्ता सुवाश भट्टराइले सेयर बजार जुवाडे शैलीका कारणले घटिरहेको बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा किनबेचनै बजारको मूल मर्म हो भन्ने सम्झेकालो बजार घटेको उनको भनाइ छ । 

छोटो समय नै बजारको फेनोमेना हो भन्ने हिसाबले बुझाइले गर्दा रिटर्न दिने कम्पनी भन्दा छोटो अवधिमा नै अहिले बजारमा लगानी गर्नेहरु रमाएको उनको भनाइ छ । ‘उहाँहरु रिटर्न बेस कम्पनीमा जाँदै जानु भएन् । रिर्टन वेश कम्पनीमा जाँदा उहाँहरुलाई पनि फाइदा छ । बजारलाई पनि फाइदा छ,’ उनले भने । अवस्था अहिले पुँजी बजार घटिरहेको देख्दा आफू आश्चर्यमा परेको उनको भनाइ छ । अहिले सबै सूचक सकारात्मक नै रहेको अवस्थामा बजार घटेको देख्दा आठौँ आश्चर्य लागेको छ,’ उनले भने । 

अहिले बजारमा दिर्घकालिन भन्दा पनि छिट्टै कमाउन खोज्ने ट्रेडले गर्दा बजार बिग्रेको उनको भनाइ छ । सबै पोलिसी सकारात्मक हुँदा पनि बजार घटिरहनुलाई लगानीकर्तामा धैर्यता नभएको कुरालाई पुष्टि गर्ने उनको भनाइ छ । यसका साथै बजारमा १५ मिनेटको औषत गणाना र व्यक्तिगत रुपमा सेयर धितो राखेर लिने कर्जाको सिमा २५ करोड कायम गरिएको अवस्थामा यो विषयमा संसोधन गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । अहिलेको बजारको अवस्था हेर्दा निकै अच्चम लाग्ने अवस्था रहेको उनको भनाइ छ ।  

‘बजार भनेको पैसाले नै चल्ने भएकाले २५ करोडको क्याप हटाउनु पर्छ । पोलिसि बनाउने निकायले यसमा सोच्नु पर्छ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको