Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्टको ‘एनआई ३१ योजना’ इकाइ बाँडफाँड

अर्थ संसार

सोमबार, १६ भदौ २०८२, १८ : १० मा प्रकाशित

नबिल इन्भेष्टमेन्टको ‘एनआई ३१ योजना’ इकाइ बाँडफाँड

नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने) को योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ (ल्क्ष् घज्ञ) नामक खुलामुखी योजनाको इकाई बाँडफाँड गरिएको छ । योजनाको प्रतिइका अंकित १० रुपैयाँका दरको २ करोड ५० लाख इकाई मध्ये प्रथम चरणमा निष्काशन गरिएको १ करोड ५० लाख इकाई योजना मध्ये योजना व्यवस्थापकलाई २ करोड ५० लाख इकाईको १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई सुरक्षित राखि १ करोड १२ लाख ५० हजार इकाईहरु बाँडफाँड गरिएको हो । 

साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणहरुमा खरिद आव्हान गरिएकोमा सो अवधिभित्र प्राप्त हुन आएका आवेदनहरुको छानविन गरी योग्य आवेदकहरुलाई इकाई बाँडफाँट गर्ने सम्बन्धमा भदौ ११ गते पूर्व बाँडफाँट नमूना तालिका तयार गरी नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा पेश गरिएकोमा बोर्डबाट उक्त बाँडफाँट तालिका माथि कुनै निर्देशन प्राप्त नभएकोले उक्त बाँडफाँट तालिका बमोजिम आज गते बिहान १०ः०० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, नक्साल काठमाडौंमा इकाई बाँडफाँट कार्यक्रम सम्पन्न गरियो । 

बाँडफाँट कार्यक्रममा कोष प्रवद्र्धक कम्पनी नबिल बैंक लिमिटेडको प्रतिनिधी, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको प्रतिनिधी, योजना व्यवस्थापक (निष्काशन तथा बिक्री प्रबन्धकको समेत कार्य गर्ने) को प्रतिनिधी तथा प्रोफेशनल कम्प्यूटर सिस्टम प्रा.लि.को प्रतिनिधी र सर्वसाधारण लगानीकर्ताहरुको उपस्थिती रहेको थियो । 

बाँडफाँट सम्बन्धि नतिजा प्राप्त गर्नको लागि iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यहोरा कम्पनीले जनाएको छ । बाँडफाँट सम्बन्धि अन्य जानकारी आवश्यक परेमा समस्त लगानीकर्ताहरुले कम्पनीको सम्पर्क नम्बर ४५११६०४, ४५११७३३ मा सम्पर्क गर्नुहुन समेत अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको